खेलकुद

एएफसी यू-१७ छनोट : नेपाल थाइल्यान्ड र भियतनामसहित ३ टोलीसँग भिड्ने, यस्तो छ खेलतालिका

भियतनाममा आयोजना हुने एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । जहा नेपाल थाइल्याण्ड, भियतनाम र चाइनिज ताईपेइ रहेको समूह ‘एफ’ परेको हो ।यो समूहको खेल अक्टोबर १ देखि ९ सम्म भियतनाममा हुनेछ । समूह विजेता हुने राष्ट्रले बहराइनमा आयोजना हुने एसियन कपमा स्थान बनाउने छन् ।

समूह विभाजन

समूह ‘ए’ – जापान, जोर्डन (आयोजक), सिरिया, फिलिपिन्स र तुर्केमिनिस्तान ,

समूह ‘बी’ – इन्डोनेसिया (आयोजक), मलेसिया, प्यालेस्टाइन, गुआम र युएईं, 

समूह ‘सी’ – ओमान (आयोजक), इराक, कतार, लेवनान र बहराइन

समूह ‘डी’ – भारत, साउदी अरेविया (आयोजक), म्यानमार, माल्दिभ्स र कुवेत

, समूह ‘ईं’ – यमन, बंगलादेश (आयोजक), सिंगापुर र भुटान ,

समूह ‘एफ’ – थाइल्यान्ड, भियतनामा (आयोजक), चाइनिज ताइपेइ र नेपाल

समूह ‘जी’ – अष्ट्रेलिया (आयोजक), चीन, कम्वोडिया र नर्दन मारियाना आइल्यान्ड

समूह ‘एच’ – ताजिकिस्तान अफगानिस्तान, टिमोर लिस्टे र मंगोलिया, समूह ‘आईं’ – इरान, हङकङ, किर्गिस्तान (आयोजक) र लाओस, समूह ‘जे’ – दक्षिण कोरिया, ब्रुनाई, उज्वेकिस्तान र श्रीलंका

You may also like