खेलकुद

यू-२० एसियन कप छनोटको समूह विभाजन

एएफसी यू–२० एसियन कप छनोट खेलमा नेपाल समूह ‘बी’ मा परेको छ । एएफसीले मंगलबार सार्वजनिक गरेको समूह विभाजनअनुसार समूह ‘बी’ मा नेपालसहित कतार, भुटान, बहराइन र बंगलादेश रहेका छन् । यो समूहको छनोट खेल बहराइनमा हुनेछ ।

एएफसीले छनोटका सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरेको छ । छनोटबाट प्रत्येक समूहका विजेता तथा उत्कृष्ट पाँच उपविजेताले अर्को वर्ष उज्वेकिस्तानमा हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।

यू-१७ एसिया कप छनोटमा नेपाल समूह ‘एफ’ मा

एएफसी यू–१७ एसिया कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । एएफसीले मंगलबार सार्वजनिक गरेको समूह विभाजनअनुसार समूह ‘एफ’ मा नेपालसहित थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । यो समूहको छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुनेछन् ।

एएफसीले छनोटका सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरेको छ । छनोटबाट प्रत्येक समूहका विजेता तथा उत्कृष्ट पाँच उपविजेताले अर्को वर्ष बहराइनमा हुने यू–१७ एसियन कपमा स्थान बनाउने छन् ।

You may also like