खेलकुद

नवयुग श्रेष्ठले पाए कप्तानको जिम्मेवारी ।

अखिल नेपाल फुटबल संघ (एन्फा )ले एफसी एसियन कप छनौट खेल्न कुवेत पुग्न प्रस्थान गर्न लागेको टोलिलाई आज बिदाइ गरेको छ । अफगानिस्तान कतार आउन नमानेपछि नेपालले खेल्ने भनिएको दुई मैत्रीपुर्ण खेल रद्ध भएको छ र नेपालले कतारमा अभ्यास गर्ने छ ।

खेलाडी तथा प्रशिक्षक विवादमा परेका ११ सिनियर खेलाडी मैदान बाहिर रहेपछि नेपालको कप्तानी नेतृत्व नवयुग श्रेष्ठले पाएका हुन ।

यसैअघी नेपालको कप्तानी किरण चेम्जोङले गर्दै आएका थिए , रोहित सहित १० अन्य खेलाडी बाहिरिदा नवयुगले यश अवसर प्राप्त गरेका हुन ।

नेपालले कुवेतमा आफू भन्दा बलियो टोलि आयोजक कुवेत ,  जाेडन र इन्डोनेशियासङ्ग प्रतिस्पर्धा गर्ने छ ।

You may also like