खेलकुद

क्यानले नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टिमको नाम सार्वजनिक गर्यो ।

काठमाडौं ।क्यानले हिजो कार्यक्रम राख्दै नेपालमा फ्रेन्चाईज क्रिकेट नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ वटा टिमको नाम सार्वजनिक गरेको छ । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टिमको नाममा निर्णय गरेको हो । 

प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी-भैरहवा र फार वेस्टर्नको  टोलिहरु खेल्ने पक्का गरिएको छ । 

पहिलो संस्करणमा जम्मा ६ टोलि रहने र उक्त प्रतियोगिता असोज ८ देखि कार्तिक ५ गते सम्म हुने भनेर जनाइएको छ ।

You may also like