खेलकुद पढ्नुहोस

के प्रशिक्षक अल्मुताइरि समयअवधिभरि नेपालमै बस्छन् त ?

दश खेलाडीसँग विवाद भएपछि अखिल नेपाल फुटबल संघ( एन्फा)ले गठित छानविन समिति समितिले प्रतिवेदन सार्वजनिक गरेको हो र उक्त छानविन पश्चात मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको गल्ती देखिएको हो । छानविन समितिले अल्मुताइरीलाई कतार फुटबल संघसॅंग परामर्श गरेर मुख्य प्रशिक्षकबाट बर्खास्त गर्न बताएको छ ।
अल्मुताइरीलाई कतार फुटबल एसोसियसनले पारिश्रमिक दिएर नेपाल पठाएको हो । उनलाई परिवर्तन गर्नका लागि कतार फुटबलको सहमति आवश्यक पर्ने छ । कतार फुटबलले नमाने उनी नेपाली प्रशिक्षकमा कायम नै रहनेछन् । यद्यपी एन्फासँग उनलाई बर्खास्त गर्ने अधिकार पनि छ । त्यसका लागि एन्फाले सम्झौता अनुसार अल्मुताइरीलाई दुई वर्षसम्मको पारिश्रमिक दिनुपर्ने हुन्छ।

एन्फा आफै पछिल्लो समय ऋणमा भएको कारण पनि अहिले अल्मुताइरीलाई हटाउने मनसायमा छैन् । उसै पनि छानविन समितिले एएफसी एसियन कपपछि मात्र अल्मुताइरीलाई परिवर्तन गर्ने कुरा गरेको छ ।
यता अल्मुताइरीले एन्फासँग दुई वर्षको सम्झौता गरिसकेका छन् । साफ फुटबलको फाइनलपछि उनले कतार फुटबल एसोसियसनको रोहबरमा नयाँ सम्झौता गरेका थिए ।
‘कतार फुटबलसँग परामर्श गरेर मात्र प्रशिक्षक परिवर्तनको विषयमा जानेछौँ । कतार फुटबलले नमाने अल्मुताइरी नेपालमै रहनेछन्,’ एन्फा अध्यक्ष शेर्पाले हामीसॅंगको कुराकानीमा भने ।

You may also like